मतदान रोकिएका अछामका यी चार मदतान केन्द्रमा पुनः निर्वाचन हुने

मतदान रोकिएका अछामका यी चार मदतान केन्द्रमा पुनः निर्वाचन हुने

अछाम ।  मतदान कार्य रोकिएको अछामको साँफेबगर नगरपालिका–१३ बाब्ला र पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगको शनिबार दुवै स्थानीय तहका निर्वाचन अधिकृतलाई पठाएको निर्देशन अनुसार शुक्रबार भएको मतदान रद्ध गरेर पुनः मतदान गर्न भनिएको छ । 

बाब्लास्थित राष्ट्रिय माविको क र ख केन्द्र र लयाँटीस्थित नवज्योति माविमा पुनः मतदान गर्न आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४० अनुसार पुनः मतदान गर्ने व्यवस्था मिलाउन अधिकृतलाई भनिएको छ । शुक्रबार भएको मतदानका क्रममा दुवै स्थानका मतदान केन्द्रमा झडप स्थानीय दुवै पक्षबीचमा झडप हुँदा मतदान कार्य दिउँसोबाट रोकिएको थियो । 

बाब्लास्थित मतदान केन्द्रमा काँग्रेस–समाजवादी गठबन्धन र नेकपा एमालेबीच शुक्रबार बिहान करिब साढे ९ः०० बजे भएको झडपका क्रममा तीन जना घाइते भएका थिए । दिनभर मतदान कार्य अवरुद्ध भएको थियो । झडप हुन अघि बाब्लाको क र ख मतदान केन्द्रमा ३४३ मत मात्र खसेका थिए । उक्त मतदानस्थलमा एकहजा ९६९ मतदाता रहेका छन् । पुनः निर्वाचन भएपछि मात्र ति दुई स्थानीय तहमा मतगणना हुने भएको छ । 

यस्तै स्वतन्त्र उम्मेदवार र काँग्रेस पक्षधर झडप हुँदा लयाँटीमा रहेको क र ख मतदान केन्द्र दिउसो १२ बजेबाट मतदान रोकिएको थियो । उक्त झडपमा पनि तीन जना घाइते भएका र स्थितिलाई नियन्त्रण लिन प्रहरीले हवाइफायर समेत गर्नुपरेको थियो ।  लयाँटीस्थित क र ख केन्द्रमा एकहजार ५७५ मतदाता रहेकोमा झडप हुनअघि ४२१ मत खसेका थिए । निर्वाचन आयोगबाट विवादित भएको लयाँटीमा पुनः निर्वाचन गर्नुपर्ने निर्देशन आएको पञ्चदेवल विनायक नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले बताए ।