धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।
५५३ मत गणना हुँदा हमालले २५० मत प्राप्त गरेका हुन । यस्तै गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर ओडले १६७ मत ल्याएका छन ।
हमाल वडभन्दा ८३ मतले अघि छन् । यस्तै एमालेका उम्मेदवार रणबहादुर चन्दले २७ प्राप्त गरेका छन्।