मतगणना अपडेट : धनगढीमा १३५३ मत गणना हुँदा पनि निरन्तर स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

मतगणना अपडेट : धनगढीमा १३५३ मत गणना हुँदा पनि निरन्तर स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढी । धनगढी उप-महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ६१८ मत पाएका छन् ।

१३५३ मत गणना हुँदा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३९८ मत ल्याएका छन्।

यस्तै, एमालेका उम्मेदवार रणबहादुर चन्दले ५३ मत प्राप्त गरेका छन् । यस्तै छाताले ९ र ढकियाले ३ मत ल्याएका छन् ।

धनगढी उपमहानगरमा हालसम्म एक सय भन्दाबढी मत बदर भएका छन् ।

अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । 

जसमा वडाध्यक्ष पदका एमालेका उम्मेदवारले १५४, काँग्रेसकाले ३४७ र माओवादी केन्द्रकाले १९४ मत प्राप्त गरेका छन् ।