सेती अञ्चल अस्पतालमा सुत्केरी महिलाको मृत्यु भए पछि बिहानै देखी अस्पताल घेराउ

सेती अञ्चल अस्पतालमा सुत्केरी महिलाको मृत्यु भए पछि बिहानै देखी अस्पताल घेराउ

धनगढी : सुदुर पश्चिमको एक मात्रै रेफरल अस्पताल मानिएको सेती अञ्चल अस्पतालमा उचारका क्रममा सुत्केरी महिलाको ज्यान गए पछि आजै बिहानै देखि अस्पताल परिसर तनावग्रस्त छ ।

डाक्टरकै लापरवाहीले बिहिवार सुत्केरी महिलाको ज्यान गएको दाबी सहित आफन्त तथा गाउँहरुलेहरुले बिहानै देखि प्रदर्शन गरिरहेका छन ।उनीहरुले लापरवाही गर्ने डाक्टरमाथि कार्वाही र बच्चाको जिम्मेवारी लिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।

सामान्य तरिकाले बच्चा जन्माउन नसकेर शल्यक्रिया गरिएका धनगढी उपमाहनगरपालिका वडा नम्बर १२ की २२ बर्षिया रेखा थापाको शल्यक्रिया भएको दुई दिन पछि मृत्यु भएपछि आफन्तहरुले अस्पतालमा बिरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले डाक्टरको लापर्वाहीले रेखाको ज्यान गएको दाबी गर्दै अस्पतालमा बिरोध प्रदर्शन गरिरहेका हुन् । उनीहरुले अस्पताल अगाडि र धनगढी मुख्य बजारको मुल सडकमा नारावाजी गरेका हुन । उनीहरुले लापर्वाह गर्ने डाक्टर माथि कार्वाहको माग गरेका छन ।

शल्यक्रिया भएको दोस्रो दिन पेट सुन्निन थालेपछि डाक्टरलाई सोध्दा ग्याष्ट्रिक भएको हुनसकछ भन्दै वास्ता नगरेको मृतकका आफन्तहरुले बताएका छन । मृतकका श्रीमान जय बहादुर थापाकाक अनुसार पेट लगातार सुन्निएपछि डाक्टरले जन्डिस भएको भन्दै उपचार गरेको तर पेट सुन्निने समस्या यथावत रहेपछि बिहिवार विहान मात्रै उपचार सम्भव नभएको भन्दै अन्यत्र रेफर गरिएको थियो ।

कोहलपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको मृतकका श्रीमान जयबहादुरले बताउनुभयो । मृतकका आफन्तहरुका अनुसार कोहलपुर अस्पतालमा रेखाको उपचार गर्न आएका डाक्टरत पेट सुन्निुको कारण सोधेपछि उनले शल्यक्रिया गर्दा बिगारिएको बताएका छन ।

नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालका डाक्टरले शल्यक्रिया गर्दा बिगारिएको बताएकोले ले आफुहरुले सेती अस्पतालमा रेखाको शल्यक्रिया गर्ने डाक्टर माथि कार्वाह गर्न माग गरेको एक आफनतले बताउनुभयो ।  मृतक रेखाको शल्यक्रियामा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टर सरिता गुरुङ सहभागी रहेको आफन्तहरुले बताएका छन् ।

अस्पतालका स्त्री तथा प्रसुति रोग बिभागका प्रमुख डाक्टर खगेन्द्र राज भट्टले भने सामान्य रुपमा बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गर्नुपरेको र त्यसपछि स्वास्थ्यमा सुधार आएको र एक्कासी बिहिवार स्वास्थयमा समस्या आए पछि सेती अस्पतालबाट सम्भव नहुने भन्दै अन्यन्त्र रेफर गरेको बताउनुभयो ।

रेफर गरेको केही बेरमै बाटोमै मृत्यु भए पछि आफ्न्तहरु आक्रोसित बनेका छन । उनीहरुले ३ दिनको बच्चाको जिम्मेवारी लिनुपर्ने र डाक्टरलाई कडा भन्दा कडा कारवाही गरिनु पर्ने माग समेत राखेका छन । मृतकका आफन्त र अस्पताल प्रशासनबीच बैठक बसे पनि कुनै सहमति भने हुन सकेको छैन ।