भरतपुर महानगरमा गठबन्धनकी मेयर रेनु लाई एमालेका उम्मेदवार विजयले उछिने

भरतपुर महानगरमा गठबन्धनकी मेयर रेनु लाई एमालेका उम्मेदवार विजयले उछिने

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन् । पछिल्लो समय लिड गरेकी दाहाललाई सुवेदीले उछिनेका हुन् ।

पछिल्लो परिणामअनुसार दाहालले १५४१ मत ल्याएकी छन् भने सुवेदीले १६११ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार १७७५ मत आएको छ भने राप्रपाको उम्मेदवारले १२४२ मत ल्याएका छन् ।

यहाँ कांग्रेस–माओवादी र एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।