कञ्चनपुरको भीमदत्त नगरपालिकाको मतगणना स्थगित

कञ्चनपुरको भीमदत्त नगरपालिकाको मतगणना स्थगित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मतगणना स्थगित भएको छ। भीमदत्त नगरपालिका वडा नं २ को मतगणना गर्ने क्रममा १ सय मत पत्र भनेर खोलिएको पोकामा १२० मतपत्र पाइएपछि मतगणना स्थगित भएको छ।

अहिले मतगणनास्थलमा तनाव उत्पन्न भएको भन्दै प्रशासनले दलहरुसँग छलफल गरिरहेको छ।