कैलालीको गोदावरीमा स्वतन्त्र उम्मेदवार विजयी

कैलालीको गोदावरीमा स्वतन्त्र उम्मेदवार विजयी

धनगढी । कैलालीका गोदावरीमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । गोदावरी -११ मा स्वतन्त्र उम्मेदवार प्रेम सिं बडैला बिजयी भएका हुन् । 

उनले मत गणना भएदेखी नै अग्रता लिएका थिए । उनि चुनाव चिन्ह खरायो लिएर चुनाबी मैदानमा उत्रिएका थिए । वडामा खसेको २१ सय ८४ मत गणना हुँदा बडैलाले १ हजार ७० मत ल्याएर बिजयी भएका हुन ।  

दोस्रोमा एकीकृत समाजवादीका शिव विकले ५ सय ६९ मत पाएका छन । तेस्रोमा एमालेका भिम बिकले ४ सय ४ मत प्राप्त गरेका  छन् । बडैला कांग्रेस समर्थक हुन । उनले बिजयी भएपछि बडैलाले सबै मतदातालाई धन्यबाद दिएका छन ।