९ स्थानीय तह रहेको कञ्चनपुरका ४ पालिकामा कांग्रेसको अग्रता, एमाले पछ्याउँदै

९ स्थानीय तह रहेको कञ्चनपुरका ४ पालिकामा कांग्रेसको अग्रता, एमाले पछ्याउँदै

कञ्चनपुर ।  ९ स्थानीय तह रहेको कञ्चनपुरका ८ स्थानीय तहको मतगणना जारी छ। प्रारम्भिक मतपरिणाम अनुसार ८ पालिकामध्ये नेपाली कांग्रेसले ४ पालिकाको प्रमुख र उपप्रमुख दुवैमा अग्रता लिएको छ।

कांग्रेसले भीमदत्त नगरपालिका, दोधाराचाँदनी, कृष्णपुर र बेदकोट नगरपालिकाको मेयर उपमेयर दुवैमा अग्रता लिएको हो। यी पालिकामा एमालेले कांग्रेसलाई पछ्याउँदै छ।

यस्तै लालझाडी गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसले अग्रता कायम राखेको छ। कञ्चनपुरमा सत्तागठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र नेकपा एमाले एक्लै चुनावमा भिडेका छन् भने माओवादीले केही स्थानीय तहमा एकीकृत समाजवादीसँग तालमेल गरेको छ।

एक्लै चुनाव लडेको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले मेयर उपमेयर दुवैमा अग्रता बनाएका छ। बेलौरीमा माओवादीलाई एमाले र कांग्रेसले पछ्याइरहेका छन्। यस्तै माओवादी र समाजवादीको गठबन्धन रहेको शुक्लाफाँटामा गठबन्धनका मेयर, उपमेयर दुवैका उम्मेदवार अग्रस्थानमा छन्। उनीहरुलाई एमाले र कांग्रेसले पछ्याइ रहेका छन्।

नेकपा एमालेले एक मात्रै लालझाडी गाउँपालिकाको अध्यक्षमा अग्रता लिएको छ। उनलाई माओवादी र कांग्रेसले पछ्याइरहेका छन्।