दार्चुलाको महाकाली नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार नरसिंह चैंसिर विजयी भएका छन् ।
उनले ५००३ मत पाउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हंसराज भट्टले ३८८७ मत प्राप्त गरेका छन् ।
यो नगरपालिकाको उपप्रमुखमा एमालेकै दुर्गाकुमारी खत्री विजयी भएकी छन् । खत्रीले ४६३६ मत पाउँदा उनकी प्रतिस्पर्धी कांग्रेसकी सुना बोहराले ४१८२ मत पाएकी छन् ।