सुर्नयामा मत गणनामा धाँधलीको आशंका, पुर्न गणना गर्न एकीकृत समाजवादीको माग

सुर्नयामा मत गणनामा धाँधलीको आशंका, पुर्न गणना गर्न एकीकृत समाजवादीको माग

बैतडी। सुर्नया गाउपालिकामा  मत गणना विवादमा तानिएको छ । मत गणनामा धाँधलि गरेकाे आराेप एकीकृत समाजवादीले लगाएकाेछ । निर्वाचन अधिकृत सिद्वराज जाेशिले गणना स्थलमै उम्मेद्वारलाई समेत प्रवेश गर्न नदिएर गणनामा धाँधलि गरेकाे एकीकृत समाजवादिका हरिसिह महराले वताए ।

पालिका अध्यक्षमा झिनाेमतान्तरले पराजित भएका एकीकृत समाजवादिका नेता नरेन्द्र विष्ट समर्थक कार्यकर्ताले गणनास्थलमा नारावाजि गरिरहेकै अवस्था वलपुर्वक नतिजा सार्वजनिक गरेकाे समेत महराले अाराेप लगाए ।

पुन गणनाकाे माग गरिरहेका एकीकृत समाजवादिका नेताकार्यकर्ताकाे माग विपरित जवरजस्ति  परिणाम सार्वजनिक गरेपछि विवाद चर्किएको छ । 

उनका अनुसार वार्ड नम्वर  ५ मा आफ्नाे पक्षमा  खसेको सदर मत समेत वदर काे लिष्टमा राखेकाे अाराेप छ ।  

शनिवार अवेर साँझ घाेषणा गरेकाे परिणाम अनुसार एकीकृत समाजवादिका पालिका अध्यक्षका उम्मेद्वार नरेन्द्र विष्टलाई २६ मतातन्तरले एमालेका उम्मेद्वार अमर कुवरकाे जित भएकाे घाेषणा गरिएकाेछ।