धनगढी मत गणना अपडेटः १२ हजार ४ सय ३४ मतगणना हुँदा कसले कति मत पाए ?

धनगढी मत गणना अपडेटः १२ हजार ४ सय ३४ मतगणना हुँदा कसले कति मत पाए ?

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।  सुरु देखि नै हमालले अग्रता लिएका हमालले १२ हजार ४ सय ३४ मतगणना हुँदा ५ हजार ५ सय २३ मत पाएका छन्।  

यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ८ सय ५२ मत पाएका छन्।  यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ४ सय २ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार ५ सय २०,  स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ४ सय ३९ र एमालेकी कन्द्रकला रानाले २ हजार ३ सय ८१ मत पाएका छन्। 

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप९महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।