धनगढी उपमहानगरमा १४ हजार ७३६ मत गन्दा मेयर भिड्न्तको मतान्तर

धनगढी उपमहानगरमा १४ हजार ७३६ मत गन्दा मेयर भिड्न्तको मतान्तर

 धनगढी । धनगढी उपमहानगरपालिकामा मेयर भिड्न्तको मत तर्फ स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तर बनाएर अगाडी छन्। शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १४ हजार ७३६ गणना भएको छ। जस मध्ये हमालले ६ हजार ५९६ मत पाएका छन्।


यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ३५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६७४ मत पाएका छन्। 

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार ९४०, एमालेकी कन्दकला रानाले २ हजार ८४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६४७ मत पाएका छन्।