बाल संगनठका महासचिव भन्छन : अनाथालयमा हैन, बालबालिकालाई परिवारमा स्थापित गराउछौ

बाल संगनठका महासचिव  भन्छन : अनाथालयमा हैन, बालबालिकालाई परिवारमा स्थापित गराउछौ

देश सघीयतामा गएसगै प्रदेशमा बालबालिकाको समस्या अनुसार बाल सगठनले कार्यक्रम सञ्चालन गर्ने भएको छ । बाल सगठनले बालबालिकालाई अनाथालय र बालगृहमा बसाल्न नभई परिवारमा स्थापित गराउने लक्ष्य पनि राखेको छ । प्रस्तुत छ धनगढी खवरका लागि दिनेश ठकुल्लाले नेपाल बाल सगठनका केन्द्रिय महासचिव गणेशमान श्रेष्ठसग गरेका कुराकानीको सम्पादित अश :

१–नेपाल बाल सगठनको बर्तमान अवस्थाका बारेमा बताईदिनुस न ? 

नेपाल बाल सगठको समग्र अवस्था भन्नुपर्दा अहिले तरल अवस्थामा छ । जुन उदेश्यका साथ बाल सगठन स्थापना गरिएको हो, सो अनुरुप काम गर्न सकेका छैनौ । जति काम गर्नुपथ्र्यौ त्यति गर्न सकेका छैनौ ।

पर्याप्त सरचना र कर्मचारी छन । तरपनि यस विचमा केही कमजोरी भएका छन । बालबालिकाको हितका लागि बाल सगठनलाई देशव्यापी रुपमा अझ मजवुद बनाउन लाग्दैछौ अव । त्यसका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न गईरहेका छौ । 

२–कति जिल्लामा शाखा छन बाल सगठनका ? 

देशमा ७७ वटै जिल्लामा शाखा विस्तार भईसकेका छन ।

३–बालबालिकाको क्षेत्रमा विगतमा जसरी सगठनले काम गरेको थियो त्यस अनुरुप सगठनले काम गर्न नसकेको गुनासो सुनिन्छ नि किन ? 

हैन, यसलाई कसरी हेर्नुपर्छ भन्ने जस्तो लाग्छ भने । जतिबेला बाल सगठन स्थापना भयो । त्यतिबेला र अहिले बालबालिकाको समस्या फरक छ । बाल सगठन २०२१ सालमा स्थापना भएको हो । हामीले ३५० वर्ष पार गरिसक्यौ । त्यसैले जुन समस्या अहिले छन हामी ति समस्या पुरा गर्न नसकेकै हो । त्यसका पछाडी धेरै कारण छन ।  मुलुक लामो समयमा द्धन्द्धमा गएको तपाईलाई थाहा नै छ ।

त्यसतिवेला धेरै मान्छे विस्थापित मात्रै भएनन, त्यसवेला हाम्रा कर्मचारीले समेत काम गर्न पाएनन । दवेर, लुकेर बस्नुपर्ने अवस्था थियो । अहिले राजनीतिक परिवर्तन भईसकेको छ । देश सघीयतामा प्रवेश गरेको छ । अव भने हामीले लाग्नैपर्छ । हामी पनि सरचना मिलाउदैछौ । बालबालिकाको हितका लागि कदम चाल्न अनिवार्य छ । कसरी हामी राम्रो गर्न सक्छौ त्यस विषयमा व्यापक छलफल आवश्यक छ र गर्नैपर्छ ।

त्यसै कारण हामीले जिल्ला जिल्लाा गएर छलफल चलाउन थालिसकेका छौ । छोटो समयमा नै तपाईले नै भन्नुहेन छ ओहो, बाल सगठनले त बालबालिकाको हितका लागि राम्रो का ग¥यो है भनेर ।

३–बाल सगठनले हालसम्म बालबालिकाको लागि गरेका सकरात्मक कार्यहरु के के हुन ? 

हामीले समग्र बालबालिकाको विकाशका लागि काम गर्दै आईरहेका छन । विगतमा अनाथ, परिवारविहिन बालबालिकालाई सरक्षण गर्ने, अभिभावकको भूमिका निर्वाह गर्ने भनेर बाल सगठन चिनिन्थ्यो । तर, अहिले अन्तराष्ट्रिय क्षेत्रमा नै त्यसको परिभाषा बदलिएको छ । मलाई याद छ  हामीले पहिले १२ सय बालबालिकालाई सरक्षण दिएा थियौ । तर, अहिले त्यो सख्या घटाएर ४ सय मात्रै राखेका छौ । विश्वमा भन्न थालिए जसतो अनाथालयमा बस्ने कुरा हितको हैन ।

परिवारमा स्थापित हुनुपर्छ । अव बालबालिकाले अनाथालयमा, बालगृहमा बस्ने हैन, परिवारमा स्थापित गराउने प्रयार गरिरहेका छौ । त्यहा बसेर बालबालिकाको मनोवैज्ञानिक असर परेको हुन्छ । विभिन्न अध्ययनले देखाए अनुसार परिवारसग बस्ने र अनाथालयमा बस्ने बालबालिकाको दिमागमा तिन महिना जतिको अन्तर देखिएको छ ।

त्यसैले हामीले पनि सोही मान्यतालाई आत्मसाथ गर्दै बालबालिकालाई जतिसक्यो परिवारमा स्थापित गराउनुपर्छ भन्ने मान्यता लिएका छौ । पहिले १२ सय बालबालिका हाम्रा अनाथालयमा रहेपनि अहिले भने ४ सय मात्रै छन । 

४–बालसगठनको जिल्ला शाखाहरुमा बेला बेलामा विवाद आईरहन्छ किन ? 

हैन यो यति ठुला सस्था छ । ७७ वटै जिल्लामा शाखा छन । सदस्इ सख्या १० हजार भन्दा बढी छन । त्यसैले विवादरहित परिकल्पना मुर्खता हुन्छ । कहि कतै विवाद देखिनु सहि पनि हुन्छ । तर, विवाद के का लागि ? ठुला कुरा हो । सस्थाको हितका लागि हुने विवादलाई हामीले सहजै स्वृकानुपर्छ ।

केही साथी एकलौटी किसिमले अगाढी बढाउछु भन्ने पनि हुनुहुन्छ । कोही सस्थागत खोज्छन । त्यो विवादले सस्थालाई नै फाईदा गर्छ । 

५–बाल सगठनको राजनीतिक पार्टीप्रति बढी केन्द्रित त्यसमा पनि नेपाली काग्रेसको सग्लनता भनिन्छ नि ? 

मुलुकमा नागरिकको कुरा गर्दैजादा खेरी कुनै न कुनै पार्टीप्रति लगाव हुन्छ । हाम्रो सस्थामा पनि कर्मचारी पनि कुनै न कुनै पार्टीप्रति आस्थावान होलान । तर, हाम्रो सस्था सामाजिक सस्था हो । यहा आईसकेपनि बालबालिकाको हितका लागि काम गर्ने हो । मुख्उ उदेश्य नै त्यहि हो ।

राजनीति भन्दा माथि उठेर काम गर्ने हो । राजनीति मौन कुरा हो सस्थामा । हाम्रो दायित्व भनेको समग्र देशका बालबालिकाको हितका लागि काम गर्नु हो । त्यसका लागि हामी काम गरिरहेका छौ । 

६–अव अन्त्यमा, बाल सगठनको विधान पञ्चायती र निरकुश शैलीको छ रे ? अव देश सघीयतामा गईसकेको अवस्था हो ? सघीय सरचना अनुसार विधान, नीति तथा कार्यक्रम लैजाने विषयमा वा विधान सशोधनका बारेमा सगठनले के सोचिरहेको छ ? 

हामीले पूर्वअध्यास सुरु गरिसकेका छौ । २०७३ सालमा महाधिवेश गर्दा । समानुकलु विधान सशोधन गर्नुपर्छ भनेर महाधिवेशनले पास गरिसकेको छ । सघीयता अनुसार बढनुपर्छ भनेर कुरा उठेको हो । त्यस अनुसार ७ वटै प्रदेशमा तदर्थ समिति गठन गरिएको छ २०७४ साल चैत्रमा ।

तदर्थ समितिले भेला गर्न सुरु गरिसकेको छ । धमाधाम गर्दैछौ । भेलाबाट आउने सुझावलाई बाकेर हिडछौ । बालबालिकाको हितका लागि काम गछौ । प्रदेश अनुसार बालबालिकाका समस्या फरक छन । त्यसैले हामी प्रदेशिक समस्यामा सरचना स्थापना गर्दै जादा त्यस्ता समस्यामा प्रदेशका साथीहरुले काम गर्नुपर्छ ।

यि कुराहरुलाई समाधान गर्नका लागि बाल सगठनले छुटटै कार्यक्रम ल्याउनुपर्छ भन्ने महसुस गर्नुपर्छ । प्रदेशमा बालबालिकाको समस्या समाधान गर्ने कुरा एउटा भयो, समग्रमा देशका बालबालिकाका समस्या समाधानका लागि विशेष रुपमा ध्यानमा राखेर कार्यक्रम गर्ने तयारी गरिरहेका छौ ।