निर्मला प्रकरण : एसपी विष्टको थुनछेक बहस सकियो

निर्मला प्रकरण :  एसपी विष्टको थुनछेक बहस सकियो

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्याको प्रमाण नष्ट गरेको आरोप लागेका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख(एसपी)डिल्लीराज विष्टको थुनछेक बहस सकिएको छ।


विष्टविरुद्ध परेको मुद्दामा पक्ष विपक्षीका कानुन व्यवसायीले थुनछेक बहस गरेका थिए। बहस सकिएपनि समय अभावले शुक्रबार आदेश जारी गरिएको छैन।

जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले समय अपुग भएकाले शुक्रबार आदेश जारी गर्न नसकिएको बताए।उनका अनुसार पुर्व एसपी विष्टलाई प्रहरीकै जिम्मा लगाइएको छ। अब आइतबार आदेश जारी हुनेछ।

निर्मलाकी आमा दुर्गादेवीले एसपी विष्टसहितका आठ प्रहरीविरुद्ध दिएको सार्वजनिक न्याय कसुर मुद्दामा मंलबार एसपी विष्ट आफै अदालतमा हाजिर भएका थिए।केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी भने अझैसम्म अदालतमा उपस्थित भएका छैनन्।