बझाङको बित्थडचिरमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काङ्ग्रेस विजयी

बझाङको बित्थडचिरमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काङ्ग्रेस विजयी

बझाङ । बझाङ जिल्लाको एक मात्र गठबन्धन नभएको पालिका बित्थडचिर गाउँपालिकामा नेपाली काङ्ग्रेस विजयी भएको हो ।

२०७९ को चुनावमा विभिन्न ठाउँमा नेपाली काङ्ग्रेसलाई सत्तामा पुगाउन सरकारले नेकपा ए.स. , नेकपा माओवादी  र अन्य विभिन्न पार्टी सँग तालमेल गरी नेपाली काङ्ग्रेस लाई जिताउने लक्ष्य भए पनि बझाङको बित्थडचिर गाउँपालिकामा गठबन्धन नै नगरी नेपाली काङ्ग्रेस विजयी भएको हो ।

बित्थडचिर गाउँपालिका नेपाली काङ्ग्रेसका अध्यक्ष पदका उम्मेदवार अम्मर सिंह महरले ३१५९ मत ल्याएर ५५९ को मतान्तरले  विजयी भएका हुन भने उहाँका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका उम्मेदवार लोकेन्द्र बोहराले २६०० मत ल्याएको हो ।

गाउँपालिका उपाध्यक्ष पदका नेपाली काङ्ग्रेसका उम्मेदवार धनलक्ष्मी मल्ल २९४९ मत ल्याएर ८०१ मतान्तरले विजयी भएका हुन उहाँका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका उम्मेदवार जयन्ती  बोहराले २१४८ मत ल्याएको हो ।

बित्थडचिर गाउँपालिकामा ५ वडा प्यानल सहित नेपाली काङ्ग्रेस विजयी भएको छ त्यस्तै ३ वडा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले जीत हात पारेको छ भने १ वडा एकीकृत समाजवादी ( नेकपा एस ) ले जीत हात पारेको छ ।