धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल र गठबन्धनका उम्मेदवार वड बिच झण्डै चार हजारको मतान्तर

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल र गठबन्धनका उम्मेदवार वड बिच झण्डै चार हजारको मतान्तर

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।  सुरु देखि नै हमालले अग्रता लिएका हमालले १७ हजार १ सय ५९ मतगणना हुँदा ७ हजार ८ सय १६ मत पाएका छन्।  

यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८ सय ७१ मत पाएका छन्। यो मत संख्या हेर्दा हमाल वड भन्दा ३ हजार ९ सय ४५ अगाडी छन् ।  यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९ सय २१ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ४ सय १६,  एमालेकी कन्द्रकला रानाले ३ हजार  ३ सय ७ र  स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ९ सय मत पाएका छन्। 

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप९महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।