धनगढी उप-महानगरमा मेयर भन्दा उपमेयरको प्रतिस्पर्धा रोमाञ्चक बन्दै

धनगढी उप-महानगरमा मेयर भन्दा उपमेयरको प्रतिस्पर्धा रोमाञ्चक बन्दै

धनगढी । यही वैशाख ३० गते शुक्रवार सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तरगत धनगढी उप-महानगरपालिकामा ३१ गतेबाट मत गणना भइरहेको छ । धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।

जसमध्ये १७ हजार १ सय ५९ मत गणना भइसकेको छ, र सो को मत परिणाम हेर्दा मेयर पदका उम्मेदवार भन्दा उपमेयर पदका उम्मेदवारहरू बिच प्रतिस्पर्धा देखिएको छ । 

अहिले सम्म उपमेयरमा गठबन्धन एवम् माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीले ३ हजार ४ सय १६ मत ल्याएकी छन् । भने  एमालेकी कन्द्रकला रानाले ३ हजार  ३ सय ७ मत प्राप्त गरेकी छन् । यसमा माओवादीकी अधिकारी राना भन्दा १ सय ९ मतले अगाडी देखिएकी छन् ।  सुरुवाती चरण देखी कम मत प्राप्त गरेकी कन्द्रकलाले अहिले मतान्तर घटाउँदै गएकी छन् । 

त्यस्तै,  स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ९ सय मत पाउन सफल भएका छन् ।

उप-महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।  

हेर्नुहोस्, कुन वडा बाट कुन उम्मेदवारले कति मत प्राप्त गरेको छ ? तलको लिङ्कमा क्लिक गर्नुहोस् ।