निर्वाचन सकिए लगत्तै पेट्रोलियम पदार्थको मूल्य बढाएको सरकारले सार्वजनिक गाडीको भाडा पनि बढायो (सूचीसहित)

निर्वाचन सकिए लगत्तै पेट्रोलियम पदार्थको मूल्य बढाएको सरकारले सार्वजनिक गाडीको भाडा पनि बढायो (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

इन्धनमा भएको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले बढाएको भाडादर यही जेठ ४ गतेदेखि लागु हुनेछ ।

विभागका अनुुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुवाहकतर्फ ३.५ प्रतिशत भाडा बढेको छ ।

यस्तै, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीसाधनमा ४.६ प्रतिशत र तराईका बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ ।

अब कहाँ जान कति लाग्छ ? सूची हेर्न यहाँ क्लिक गर्नुहोस् । /uploads/bhada-dar-new_20220517194803.pdf