धनगढी । धनगढी उपमहानगरपालिका-२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका धर्मराज ओझा प्यानलसहित विजयी भएका छन्। उनी १ हजार १९४ मत प्राप्त गर्दै विजयी भएका हुन्।
त्यस्तै, महिला सदस्यमा काँग्रेसकै विन्द्राकुमारी बम (सिंह), दलित महिला सदस्यमा मिना रैका आउजी, सदस्यमा केशवराज पन्त र तेजराज पनेरु विजयी भएका छन्।