बडिमालिका नगरपालिकामा प्रमुख र उपप्रमुखमा पत्रकार निर्वाचित

बडिमालिका नगरपालिकामा प्रमुख र उपप्रमुखमा पत्रकार निर्वाचित

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकामा विगतमा पत्रकारिता गरेका एमालेका उम्मेदवार अमर खड्का प्रमुखमा र नन्दा थापा उपप्रमुखमा निर्वाचित भएका छन्।

प्रमुखमा खड्काले ४ हजार १९ मत पाएर विजयी भएका हुन्। उनका प्रतिद्धन्दी नेपाली कांग्रेशका उम्मेदवार धनराज पण्डित भन्दा ४ सय ६७ मत बढी ल्याएर खड्का विजयी भएका छन्। उनका प्रतिद्धन्दी पण्डित पनि पूर्व पत्रकार हुन्। खड्कासंग पराजित पण्डितले ३ हजार ५ सय ५२ मत ल्याएका छन्।   प्रमुखमा विजयी खड्काले केही वर्ष पहिलासम्म काठमाण्डौमा दृष्टी साप्ताहिकमा काम गर्दै आएका खड्का बाजुरा आएपछि नेकपा एमालेको राजनीतिमा सक्रिय भए। एमालेका जिल्ला कमिटी सदस्य हुँदै पार्टी प्रचार प्रशार विभाग प्रमुखको जिम्मेवारीसमेत पाएका थिए। 

यस्तै उपप्रमुख जितेकी नन्दा थापा पनि पत्रकार हुन्। उनले ४ हजार २ सय ३३ मत पाइन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार राधिका सिंहलाई पराजित गरेकी छन्।

उपप्रमुख थापाले प्रतिपक्ष उम्मेदवार सिंह भन्दा ८ सय ८२ मत बढीले जितेकी छन्। थापा उपप्रमुखको उम्मेदवार हुनु अघिसम्म पनि सक्रिय पत्रकारितामा थिइन्।

उनी रेडियो बार्जुकी स्टेशन मेनेजर, राजधानी दैनिकलगायतका मिडियामा आवद्ध भएर सक्रिय पत्रकारीता गरिरहेकी थिईन। हाल उनी प्रेस चौतारी नेपाल बाजुराकी अध्यक्ष पनि हुन्।