अहिलेसम्म नतिजा सार्वजनिक भएका धनगढीका चार वडा मध्ये तिनमा काँग्रेस र एकमा एमाले विजयी

अहिलेसम्म नतिजा सार्वजनिक भएका धनगढीका चार वडा मध्ये तिनमा काँग्रेस र एकमा एमाले विजयी

धनगढी । अहिलेसम्म नतिजा सार्वजनिक भएका धनगढी उप-महानगरपालिकामा चार वडाको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १, २, १८ र १९ को मतगणना सम्पन्न भएको हो। चार वडा मध्ये अध्यक्ष पदमा तिनमा नेपाली काँग्रेस र एक वडामा नेकपा एमालेले जित हासिल गरेको छ ।

वडा नम्बर १ मा काँग्रेसका सन्तोष मुडभरी, २ मा काँग्रेसकै धर्मराज ओझा, वडा नम्बर १९ मा नेपाली काँग्रेसका बाँधुराम चौधरी र १८ मा नेकपा एमालेका भुवन रिजाल प्यानलसहित विजयी भएका छन्।