कैलालीको गोदावरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

कैलालीको गोदावरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् ।

भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याए ।

उपमेयरमा भने नेकपा एमालेकी शारदादेवी रोकाया विजयी भएकी छन् । उनले १० हजार ६७० मत ल्याइन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन् ।

कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो ।

मेयर (सुर्य)
वडा नम्बर १ बाट – १३९४
वडा नम्बर २ बाट – १०१२
वडा नम्बर ३ बाट -६५२
वडा नम्बर ४ बाट -१०२१
वडा नम्बर ५ बाट – ८१०
वडा नम्बर ६ बाट -१३९८
वडा नम्बर ७ बाट -७६७
वडा नम्बर ८ बाट – १०४३
वडा नम्बर ९ बाट -९०२
वडा नम्बर १० बाट – १०४०
वडा नम्बर ११ बाट -४४७
वडा नम्बर १२ बाट – ७३८
जम्मा – ११२२४    

मेयर (रुख) 
वडा नम्बर १ बाट – १९७२
वडा नम्बर २ बाट – १५६०
वडा नम्बर ३ बाट – १७८२
वडा नम्बर ४ बाट – १६८४
वडा नम्बर ५ बाट – १२७०
वडा नम्बर ६ बाट – १२०८
वडा नम्बर ७ बाट -७९०
वडा नम्बर ८ बाट – १२८२
वडा नम्बर ९ बाट -१०३५
वडा नम्बर १० बाट – १४७८
वडा नम्बर ११ बाट -५७५
वडा नम्बर १२ बाट – ८६५
जम्मा – १५५०१