२०७९ को स्थानीय निर्वाचनमा कैलालीबाट वडाध्यक्ष पदमा विजयी हुने पहिलो महिला डगौरा

२०७९ को स्थानीय निर्वाचनमा  कैलालीबाट वडाध्यक्ष पदमा विजयी हुने पहिलो महिला डगौरा

कैलालीको जोशीपुर गाउँपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका तर्फबाट वडाध्यक्ष महिला निर्वाचित भएकी छन् । वडा नं ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा प्यानलसहित निर्वाचित भएकी हुन् ।

उनी ६१५ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार किशोर कठरियालाई २२ मतको अन्तरले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कैलाली जिल्लाका १३ वटा स्थानीय पालिकामध्ये वडाध्यक्षमा निर्वाचित हुने डगौरा पहिलो महिला भएको जनाइएको छ । मुख्य निर्वाचन अधिकृत जयनन्द पनेरुका अनुसार उनीबाहेक अरु कोही पनि महिला कैलालीमा वडाध्यक्षमा निर्वाचित भएका छैनन् ।

उनीसँगै वडा नं ३ को महिला सदस्यमा फूलमती डगौरा, दलित महिला सदस्यमा शीतल श्रेष्ठ विक, खुला सदस्यमा राजेशकुमार चौधरी र ज्ञानप्रसाद महतो निर्वाचित भएका छन् ।