मतगणना अपडेट धनगढी: २६८५१ मत गणना हुँदा कुन उम्मेदवारले कति मत पाए (विवरण सहित)

मतगणना अपडेट धनगढी: २६८५१ मत गणना हुँदा कुन उम्मेदवारले कति मत पाए (विवरण सहित)

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।  मत गणना सुरु गर्दा देखी नै अग्रता लिएका हमालले २६ हजार ८ सय ५१ मतगणना हुँदा १२ हजार ४ सय ६९ मत पाएका छन्।  

यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६ हजार ३६ मत पाएका छन्। त्यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७ सय ८६ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ४  सय २७ ,  एमालेकी कन्द्रकला रानाले ४ हजार  ७ सय ५९ र  स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार २ सय  ७ मत पाएका छन्। 

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप-महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।  

 कुन उम्मेदवारले कति मत पाए विवरण :