धनगढीको मेयरका प्रत्याशीहरू मध्ये सबैभन्दा बढी मत हमालको, कुन उम्मेदवारको कति ? (विवरण सहित)

धनगढीको मेयरका प्रत्याशीहरू मध्ये सबैभन्दा बढी मत हमालको, कुन उम्मेदवारको कति ? (विवरण सहित)

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।  मत गणना सुरु गर्दा देखी नै अग्रता लिएका हमालले २७ हजार ९ सय ५६ मतगणना हुँदा १२ हजार ९ सय ६ मत पाएका छन्।  

यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६ हजार ३ सय १० मत पाएका छन्। त्यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ८ सय ७२ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ६  सय ३९ ,  एमालेकी कन्द्रकला रानाले ४ हजार  ९ सय ५० र  स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार २ सय  ३२ मत पाएका छन्। 

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप-महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।  

 कुन उम्मेदवारले कति मत पाए विवरणः