बैतडीको पुर्चौंडीमा 'क्लिन स्वीप' हुनबाट ७ मतले जोगियो माओवादी, ५ नम्बर वडामा खडायत विजयी

बैतडीको पुर्चौंडीमा 'क्लिन स्वीप' हुनबाट ७ मतले जोगियो माओवादी, ५ नम्बर वडामा खडायत विजयी

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटा वडा बाट नै 'क्लिन स्वीप' हुनबाट माओवादी केन्द्र ७ मतले जोगिएको छ । नगरको एक वडामा मात्रै माओवादीले जित हात पारेको छ । 

पुर्चौंडी नगरपालिका वडा नं ५ मा माओवादी केन्द्रका नागीसिंह खडायत ८१६ मत सहित  ८०९ मत ल्याएका काँग्रेसका कर्णबहादुर बोहरालाई पराजित गर्दै प्यानल सहित विजयी भएका हुन् ।

उनी काँग्रेसका बोहरालाई ७ मतले पछि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । भने उनी पुर्चौडी नगरपालिका ०५ कुवाकोटमा फेरि दोस्रो कार्यकालका लागि  निर्वाचित भएका हुन् ।