३० हजार ६९८ मतगणना हँदा धनगढीको मेयरका प्रत्याशीहरू मध्ये , कुन उम्मेदवारको कति ?

३० हजार ६९८ मतगणना हँदा धनगढीको मेयरका प्रत्याशीहरू मध्ये , कुन उम्मेदवारको कति ?

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। बिहान साढे ६ सम्म ३० हजार ६९८ मतगणना भएको छ।

जसमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ हजार ८२३ मत पाएका छन्।

भने नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६ हजार ७७२ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत पाएका छन्। 

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार १८१ मत पाउँदा। एमालेकी कन्दकला रानाले ५ हजार ४५५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ३५७ मत पाएका छन्। यस्तै राप्रपाका उम्मेदवारले २ हजार १९४ मत पाएका छन्।

हमाल र वडबीच ७ हजार ५१ मतको अन्तर छ।