एमालेलेको वर्चस्व रहेकोको कञ्चनपुरको वेदकोट पालिकामा नेपाली काँग्रेसको जित

एमालेलेको वर्चस्व रहेकोको कञ्चनपुरको वेदकोट पालिकामा नेपाली काँग्रेसको जित

एमालेलेको वर्चस्व रहेकोको कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। २०७४ सालमा एउटा वडामा मात्र सिमित भएको काँग्रेस यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी भएको हो।

नगरपालिकाको मेयरमा काँग्रेसका भोजराज बोहरा विजयी भएका छन्। उनी ८०७८ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी एमालेकी सुशिला सिंहले ४७४० मत प्राप्त गरिन्। माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका समाजवादीका रामचन्द्र रेग्मीले ३८९८ र राप्रपाका बमबहादुर बमले १७५१ मत पाए।

त्स्तै उपमेयरमा पनि काँग्रेसकै तुलशी जोशी विजयी भएकी छिन्। उनले ७२५४ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५७२७ मत र गठबन्धनबाट माओवादीकी हिरा जैशीले ३६५२ मत प्राप्त गरिन्।