धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा पुन: कालीबहादुर शाही विजयी भएका छन् । शाही २०७४ मा पनि अध्यक्षमा निर्वाचित भएका थिए ।
शाहीले दुई हजार ३१९ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुन्दर विष्टले एक हजार ८७० मत पाए ।
उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मरुकला विष्ट विजयी भएकी छन् । उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी का धर्म बहादुर शाहीलाई ५३० मतको फरकले हराएकी छिन् ।
नेकपा एमालेकी उम्मेदवार विष्टले दुई हजार १८३ शाहीले एक हजार ६८० मत पाए ।