कांग्रेस लाई ३ हजार मतान्तरले पराजित गर्दै , टीकापुरको नगर प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु विजयी

कांग्रेस लाई ३ हजार मतान्तरले पराजित गर्दै , टीकापुरको नगर प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु विजयी

धनगढी । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु विजयी भएका छन् ।

थारुले नेपाली कांग्रेसका नवराज रावललाई ३ हजार मतान्तरले पराजित गर्दै थारु निर्वाचित भएका हुन् ।

थारु नौ हजार ६४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रावलले ६ हजार ६४२ मत मात्रै प्राप्त गरेका छन् । 

उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका माओवादी केन्द्रका खडकबहादुर शाह निर्वाचित भएका छन् ।

शाहले ७ हजार ९५५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मात्र मत पाइन् ।

प्रतिनिधिसभा निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा नागरिक उन्मुक्ति गठन गरिएको हो ।