गोदावरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख भट्टद्वारा शपथ ग्रहण

गोदावरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख भट्टद्वारा शपथ ग्रहण

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बिरेन्द्र भट्टले सपथ लिएका छन । बिहिवार जिल्ला न्यायाधिस जयानन्द पनेरुले भट्टलाई सपथ खुवाएका हुन ।

बुधवार सम्पन्न मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार भट्टले एमालेका उम्मेद्वार गोकर्ण भट्टलाइ ४ हजार २ सय ७७ को फराकिलो अन्तरले पराजित गरेका थिए ।

कांग्रेसका उम्मेदवार भट्टले १५ हजार ५ सय १ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार भट्टले ११ हजार २ सय २४ मत प्राप्त गरेका थिए ।