धनगढी बसपार्कमा एक पुरुष मृत फेला

धनगढी बसपार्कमा एक पुरुष मृत फेला

धनगढी। कैलालीको धनगढी बसपार्कमा एकजना मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका ४ स्थित कर्णाली बसपार्कको कम्पाउण्डभित्र अन्दाजी ६० वर्षीय पुरुष मृत फेला परेका हुन्।

भारत घर भएका उनको नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बुधबार मृत अवस्थामा फेला परेका उनको हालसम्म सनाखत हुन सकेको छैन।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।