सुदूरपश्चिमका ८८ मध्ये ७६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक ( सूचिसहित )

सुदूरपश्चिमका ८८ मध्ये ७६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक ( सूचिसहित )

कैलाली। सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। स्थानीय तह निर्वाचनको मत गणना जारी छ। हालसम्म सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

 

उक्त पार्टीले ३४ स्थानीय तह जितेको छ । दोस्रोमा रहेको नेकपा एमालेले २३ पालिका जित्दा नेकपा माओवादी केन्द्रले १३ पालिकामा प्रमुख जितेको छ । प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले ३ र एकीकृत समाजवादीले २ पालिका जितेका छन् । एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रदेशको एकएक वटा उपमहानगरपालिका र गाउँपालिका तथा ९ नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकीे छ ।

नेपाली कांग्रेसले जितेका स्थानीय तह :

१) डोटीको बडीकेदार गाउँपालिका – भैरवबहादुर साउद
२) बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका – भरत रोकाया
३) बैतडीको शिवनाथ गाउँपालिका – कर्णसिंह साउद
४) डडेल्धुराको नवदुर्गा गाउँपालिका – लक्ष्मीप्रसाद अवस्थी
५) अछामको ढकारी गाउँपालिका – प्रकाशबहादुर साउद
६) डडेल्धुराको गन्यापधुरा गाउँपालिका – इन्द्रबहादुर कार्की
७) डोटीको आदर्श गाउँपालिका – गणेशबहादुर खड्का
८) अछामको कमलबजार गाउँपालिका – यज्ञप्रसाद ढकाल
९) अछामको बान्नीगणी जयगढ गाउँपालिका – टेकबहादुर साउद
१०) कञ्चनपुरको बेलडाँडी गाउँपालिका – हरिशचन्द्र राना
११) बैतडीको सिगास गाउँपालिका – हरिसिंह धामी
१२) बझाङको बुंगल नगरपालिका – जयबहादुर धामी
१३) बझाङको मष्टा गाउँपालिका – ज्ञानबहादुर बोहरा
१४) डोटीको पूर्वीचौकी गाउँपालिका – रामप्रसाद उपाध्याय
१५) अछामको रामारोशन गाउँपालिका – मानबहादुर साउद
१६) डोटीको सायल गाउँपालिका – धर्मराज जोशी
१७) बैतडीको पाटन नगरपालिका – गौरीसिंह रावल
१८) डडेल्धुराको अमरगढी नगरपालिका – डिल्लीराज जोशी
१९) अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद
२०) बझाङको खप्तडछान्ना गाउँपालिका – उत्तम रोकाया
२१) बझाङको वित्थडचिर गाउँपालिका – अमरसिंह महर
२२) डोटीको दिपायल सिलगढी नगरपालिका – बाजिसिंह खड्का
२३) बझाङको सुर्मा गाउँपालिका – खडक बोहरा
२४) बाजुराको हिमाली गाउँपालिका – गोविन्दबहादुर मल्ल
२५) डोटीको केआईसिंह गाउँपालिका – लोकेन्द्रबहादुर शाही
२६) बाजुराको त्रिवेणी नगरपालिका – कर्णबहादुर थापा
२७) डोटीको शिखर नगरपालिका – दीर्घ बलायर
२८) डडेल्धुराको पर्शुराम नगरपालिका – भरत बडायर जोशी
२९) बाजुराको हिमाली गाउँपालिका – गोविन्दबहादुर मल्ल
३०) बझाङको जयपृथ्वी नगरपालिका – चेतराज बजाल
३१) बैतडीको पुर्चौंडी नगरपालिका – दीपकबहादुर बम
३२) कैलालीको गोदावरी नगरपालिका – वीरेन्द्र भट्ट
३३) कैलालीको कैलारी गाउँपालिका – राजसमझ चौधरी
३४) कञ्चनपुरको वेदकोट नगरपालिका – भोजराज बोहरा

नेकपा एमालेले जितेका स्थानीय तह :
१) बझाङको साइपाल गाउँपालिका – मानबहादुर बोहोरा
२) बझाङको थलारा गाउँपालिका – प्रकाश रोकाया
३) दार्चुलाको महाकाली नगरपालिका – नरसिंह चैसिर
४) बैतडीको पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द
५) दार्चुलाको शैल्यशिखर नगरपालिका – विजयसिंह धामी
६) डोटीको जोरायल गाउँपालिका – दुर्गादत्त ओझा
७) कञ्चनपुरको लालझाडी गाउँपालिका – निर्मल राना
८) बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया
९) कैलालीको चुरे गाउँपालिका – चक्रबहादुर बोगटी
१०) दार्चुलाको मालिकार्जुन गाउँपालिका – हीरासिंह धामी
११) दार्चुलाको दुहुँ गाउँपालिका – नरेन्द्रबहादुर बडाल
१२) बैतडीको दशरथचन्द नगरपालिका – पुष्करराज जोशी (लख्खाभाइ)
१३) बाजुराको खप्तड छेडेदह गाउँपालिका – दिलबहादुर रावत
१४) बैतडीको सुर्नया गाउँपालिका – अम्मर कुँवर
१५) बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
१६) दार्चुलाको व्यास गाउँपालिका – मंगलसिंह धामी
१७) अछामको तुर्माखाद – डम्मरबहादुर बिसी
१८) कैलालीको बर्दगोरिया गाउँपालिका – कर्णबहादुर कुँवर
१९) बाजुराको बडिमालिका नगरपालिका – अमरबहादुर खड्का
२०) बैतडीको दोगडाकेदार गाउँपालिका – चक्रबहादुर कार्की
२१) बाजुराको जगन्नाथ गाउँपालिका – कालीबहादुर शाही
२२) कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका – किशोर लिम्बू
२३) अछामको मंगलसेन नगरपालिका – पदमबहादुर बोहरा

नेकपा माओवादी केन्द्रले जितेका स्थानीय तह :
१) दार्चुलाको नौगाड गाउँपालिका – दलजीत सिंह धामी
२) दार्चुलाको मार्मा गाउँपालिका – जमनसिंह धामी
३) दार्चुला अपिहिमाल गाउँपालिका – भक्तसिंह ठेकरे
४) डडेल्धुरा आलिताल गाउँपालिका – शेरसिंह पार्की
५) डोटीको बोकटान फुड्सिल गाउँपालिका – कमलबहादुर गड्सिला
६) दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी
७) बैतडीको मेलौली नगरपालिका – भीमबहादुर चन्द
८) बझाङको दुर्गाथली गाउँपालिका – दिलबहादुर थापा
९) डडेल्धुराको अजयमेरु गाउँपालिका – उमेशप्रसाद भट्ट
१०) अछामको मेल्लेख गाउँपालिका – ज्वाला साउद
११) कञ्चनपुरको बेलौरी नगरपालिका – पोतिलाल चौधरी
१२) कैलालीको मोहन्याल गाउँपालिका – देवीदत्त उपाध्याय ‘हिमशिखर’
१३) बझाङको छविसपाथिभेरा गाउँपालिका – वसन्त चलाउने

नागरिक उन्मुक्ति पार्टीले जितेका स्थानीय तह :
१) कैलालीको टीकापुर नगरपालिका – रामलाल डगौरा थारु
२) कैलालीको जोशीपुर गाउँपालिका – चित्रबहादुर चौधरी
३) कैलालीको भजनी नगरपालिका – केवल चौधरी

नेकपा (एकीकृत समाजवादी) ले जितेका स्थानीय तह :
१) कैलालीको घोडाघोडी नगरपालिका – खडकबहादुर रावत
२) केदारस्युँ गाउँपालिका – गणेश बोहरा

स्वतन्त्र उम्मेदवार जितेका स्थानीय तह :
१) बैतडीको डिलासैनी गाउँपालिका – सन्तोषप्रकाश जोशी