धनगढीमा ३७५१५ मतगणना गर्दा प्रमुख/उप-प्रमुखका कुन उम्मेदवारले कति मत पाए ? (विवरणसहित)

धनगढीमा ३७५१५ मतगणना गर्दा प्रमुख/उप-प्रमुखका कुन उम्मेदवारले कति मत पाए ? (विवरणसहित)

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३७ हजार ५१५ मतगणना भएको छ।  मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १७ हजार ७३ मत पाएका छन्।

यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ हजार ५२० र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ९८७ मत पाएका छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ७८८ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ६ हजार ९९९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार ३९७ मत पाएका छन्।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।