शुक्रबारदेखि शनीबार राती सम्म को मौसम अवस्था

शुक्रबारदेखि शनीबार राती सम्म को मौसम अवस्था

धनगढी । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था  रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही  देशका बाँकी  भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशमा र  अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती प्रदेश १, मधेश  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका  बाँकी  भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ


शनीबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश  प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र  अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।


राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ