रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जिते भजनी नगर प्रमुख र उपप्रमुख

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जिते भजनी नगर प्रमुख र उपप्रमुख


धनगढी ।  पहिलोपल्ट पार्टी स्थानीय निर्वाचनमा सहभागी भएको नागरिक उन्मुक्ति पार्टीले भजनी नगर प्रमुख र उपप्रमुख  जितेको छ । 

भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ हो । मेयरमा केवललाल चौधरी र उपमेयरमा राजु तिरुवा निर्वाचित भएका छन् ।

केवललालले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र का शेरबहादुर चौधरीलाई पराजित गरे । उनले सात हजार ४७५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुरले तीन हजार ८७१ मत प्राप्त गरे ।

नगर उपप्रमुखमा निर्वाचित तिरुवाले नेपाली कांग्रेसका गोकर्ण भण्डारीलाई पराजित गरेका हुन्। तिरुवाले ६ हजार २२५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले तीन हजार ५३७ मत प्राप्त गरे ।

भजनीमा नागरिक उन्मुक्ति पार्टीले तीन वडामा जित हासिल गरेको छ । त्यसैगरी गठबन्धनले चार र एमालेले दुई वडामा जित हासिल गरेको छ ।

टीकापुर हत्याकान्डका दोषीको रूपमा हाल कारागारमा रहेका रेशम चौधरीले उक्त पार्टी स्थापना गरेका थिए ।