डडेल्धुराका भरत बने २८ बर्षकै उमेरमा मेयर

डडेल्धुराका भरत बने २८ बर्षकै उमेरमा मेयर

धनगढी । डडेल्धुराको परशुराम नगरपालिकामा भरत बडायर जोशी  २८ बर्षकै उमेरमा नगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। 

धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भरत बडायर जोशी निर्वाचित भएका हुन्। उनी ५९४१ मतका साथ विजयी भएका छन्। 
 
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंक माल डायमण्डले ५८०५ मत ल्याए भने एमालेका केशव बोहराले २६०६ मत प्राप्त गरे। उपप्रमुखमा माओवादीकी विमला महता विजयी भइन्। उनले ५८८५ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कलावती बोहराले ४५९३ मत ल्याइन्। एमालेकि गोमती पन्तले ३२९६ मत पाइन्।