बैतडीको पुर्चौंडीमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र

बैतडीको पुर्चौंडीमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र

धनगढी । बैतडीको पुर्चौंडी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ। नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीले जनाएको छ। 

नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु गरी ५२ जना निर्वाचित भएका छन्।