कञ्चनपुरमा बलात्कारको आरोप लागेका शिक्षकले ,अभद्र व्यवहार गरेको किशोरीले दिईन् बयान

कञ्चनपुरमा बलात्कारको आरोप लागेका शिक्षकले ,अभद्र व्यवहार गरेको किशोरीले  दिईन् बयान

धनगढी । कञ्चनपुरमा बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका थिए । बिहीबार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा  शिक्षकलाई पक्राउ गरिएको हो। 

प्रहरीका अनुसार भीमदत्त नगरपालिका १८ मा  शिक्षक कै घरमा डेरा गरि बस्ने किशोरीलाई करणी आरोपमा समातिएको हो। ती पुरुषलाई घरबाटै मौखिक उजुरीको आधारमा पक्राउ गरिएको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाए थियो।

तर अहिले पिडित किशोरी ले आफ्नो बयान फेरेकी छिन् । किशोरी भनिन् बलात्कार गरेको होईन , कोठामा आएर हात समातेर अभद्र व्यवहार गरेका थिए ।

किशोरीको बयानका आधारमा उक्त शिक्षक माथि अभद्र व्यवहार सम्बन्धि मुद्दा चलिरहेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।