बाजुराको बुढिनन्दा ५ को अध्यक्षमा काँग्रेसका मल्ल विजयी

बाजुराको बुढिनन्दा ५ को अध्यक्षमा काँग्रेसका मल्ल विजयी

धनगढी । बाजुराको बुढिनन्दा नगरपालिका ५ को वडा अध्यक्षमा नेपाली काँग्रेसका छत्रबहादुर मल्ल विजयी भएका छन्। उनी ३७१ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रुद्धबहादुर मल्लले ३०१ मत पाए। वडामा अध्यक्ष बाहेक सबै सदस्यहरु नेकपा एमालेबाट बिजयी भएका छन्।