धनगढी स्थित सहिद गेट नजिक विद्युत्‌को पोलमा आगलागी भएपछि...

धनगढी स्थित सहिद गेट नजिक विद्युत्‌को पोलमा आगलागी भएपछि...

धनगढी । धनगढीमा आगलागी भएको छ । धनगढी ४ को ६ लेन सडकस्थित सहिद गेट नजिकै आगलागी भएको हो ।

सहिद गेट नजिकै प्रहरी बिटको छेउमा रहेको बिजुलीको पोलमा आगो लागेको प्रहरीले जनाएको छ । विद्युत्को तार सर्ट भएर आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ ।

शुक्रवार (आज) दिउसो एक बजे आगलागी भएको थियो आगलागी भएको आधा घण्टा पछि दमकल, प्रहरी र स्थानीयको सहयोग मा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।