दुई वडामा स्थापितभन्दा बालेन दोब्बर मतले पछाडि

दुई वडामा स्थापितभन्दा बालेन दोब्बर मतले पछाडि

काठमाडौँमा जारी मतगणनाका क्रममा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह २ वडामा नेकपा एमालेका केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका छन्। शुक्रबार दिउँसो १ बजेपछि सार्वजनिक गरिएको मत परिणामअनुसार उनी वडा नम्बर २५ र २७ मा स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका हुन्।

वडा नम्बर २५ मा शाहले ३२ मत ल्याउँदा स्थापितले ५६ मत पाएका छन्। यस्तै उनले २७ नम्बर वडामा २२८ मत प्राप्त गर्दा स्थापितले ४३८ मत ल्याएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ नम्बर वडामा ३१ र २७ नम्बर वडामा ३१८ मत प्राप्त गरेकी छन्। २७ मा उनले स्वतन्त्र उम्मेदवारलाई पछाडि पारेकी छन्।

काठमाडौँमा ७५ हजार ४२१ मत गणना भएको छ। अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा गणना भइरहेको छ। मत गणनाको प्रारम्भबाटै अग्रता लिएको शाहको पक्षमा २८ हजार ६६२, स्थापितको पक्षमा १५ हजार ३५७ र सिर्जनाको पक्षमा १५ हजार ५७ मत देखिएको छ।