२५ वर्षकै उमेरमा कम्युनिस्टको किल्ला भत्काउन सफल काङ्ग्रेसका जोशी

२५ वर्षकै उमेरमा कम्युनिस्टको किल्ला भत्काउन सफल काङ्ग्रेसका जोशी

डडेल्धुरा । बहुदलीय शासन व्यवस्था आएदेखि नै कम्युनिस्टहको  किल्ला रहेको डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ८ मा नेपाली काङ्ग्रेसले विजय प्राप्त गरेको छ।यहि वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दिनेश प्रसाद जोशीले ३४९ मत प्राप्त गर्दै  माओवादी केन्द्रका उम्मेदवार गोविन्द सिँह बोहरालाई पराजित गरेका हुन् ।बोहराले ३३२ मत प्राप्त गरेका थिए। माओवादी केन्द्र परशुरामका बरिस्ठ उपाध्यक्ष एवं २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका बोहरालाई १७ मतले पछि पार्दै जोशीले बिजय प्राप्त गरे। 
२५ वर्षकै उमेरमा नेपाली काङ्ग्रेसबाट टिकट पाई कम्युनिस्टको किल्लाबाट चुनावमा होमिदा जोशीलाई भने निकै चुनौतीपूर्ण नै रहेको थियो। तर पनि उनले हार मानेनन् । जुनसुकै काममा पनि 
हिम्मत र आँटका साथ अघि बढ्ने उनको स्वभावले गर्दा नै उनी कम्युनिस्टको किल्ला भत्काउन सफल भए।

वि.सं.२०६८ सालदेखि सक्रिय रुपमा बिद्यार्थी राजनीतिमा होमिएका उनले नेपाली  काङ्ग्रेसको १४ औ महाधिवेशनबाट परशुराम नगरपालिका वडा नम्बर ८ मा  निर्विरोध वडा सभापति निर्वाचित भएका थिए।
 
उनको उम्मेदवारीलाई मजाकमा उडाउने र उनको क्षमतामाथी प्रश्न गर्नेहरुलाई जोशीले कम्युनिस्ट गढबाटै तीन सदस्य सहित जित हासिल गर्दै गतिलो जवाफ फर्काएका छ्न। अब उनको कार्यदक्षता र क्षमता भने अबको पाँच वर्षमा जनताले आफै मुल्यांकन गर्ने छ्न् । 
सबैसंग मिलेर बस्ने शान्त स्वभावका जोशी एक सफल युवा नेतृत्व मात्र होइनन् उनी एक सफल उधमी पनि हुन। उनले २४ वर्षकै उमेरमा स्थानीय बजार जोगबुढामा  परशुराम पोलिक्लिनिक संचालनमा ल्याई सेवा समेत दिईरहेका छन। 
उनले केही दिन अघि धनगढी खबर संग कुरा गर्दै निर्वाचनमा  जित होस्  हार जनताको सेवा गरिरहने बताएका थिए। उनले भनेका थिए;"म जनताको सेवक हुँ। मलाई जनताको सेवा गर्न कुनै पद नै चाहिन्छ भन्ने होइन तर चौतर्फी बढेको भ्रष्टाचार र बिसंगती रोकेर जनताले तिरेको करलाई व्यवस्थित तरिकाले सदुपयोग गरि जनताकै हकहितका लागि काम गर्न राजनीतिमा होमिएको हुँ।"
 
नव निर्वाचित वडा अध्यक्ष जोशीले अबको पाँच वर्षको कार्यकाल पनि जनताकै हकहित र सो ठाउँको विकास निर्माणका लागि समर्पित गर्ने बताएका छ्न। उनले आफुलाई विस्वास गरि दिएको मतको सधै उच्च सम्मान गर्ने बताए। साथै उनले आफुलाई निर्वाचित गराउन मत हाल्नेहरु प्रती आभारी रहेको बताउदै धन्यवाद समेत दिएका छ्न।

परशुराम नगरपालिकाको ८ नम्बर वडामा ९६० मत खसेका थिए।