धनगढी उप-महानगरपालिकामा ४६ हजार ५६ मतगणना सम्पन्न ...

धनगढी उप-महानगरपालिकामा ४६ हजार ५६ मतगणना सम्पन्न ...

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा ४६ हजार ५६ मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार राती साढे ९ बजेसम्म सो संख्यामा मतगणना सम्पन्न भएको हो ।

४६ हजार ५६ मतगणना सम्पन्न हुँदा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले २० हजार ७७५ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १० हजार ३०२ र नेकपा एमालेका रणबहादुर चन्दले ५ हजार ३४७ मत पाएका छन्। हमाल र वडबीच १० हजार ४७३ मतको अन्तर छ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ९ हजार ६४० मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ९ हजार २०९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ५७१ मत पाएका छन्।