गौरीगंगाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित

गौरीगंगाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित

धनगढी । कैलालीको गौरीगंगामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा माओवादी केन्द्रका देवीदत्त कँडेल र उपमेयरमा नेपाली कांग्रेसका भोजबहादुर बम विजयी भएका छन्। 

कँडेल १३ हजार ७९५ मतका साथ मेयरमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६३२ मत प्राप्त गरेका छन्। ७ हजार १६३ मतान्तरले कँडेल विजयी भएका छन्। 

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका भोजबहादुर बमले ११ हजार २८१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

उपप्रमुखमा एमालेकी शान्तिदेवी सिंहले ६ हजार ७४३ मत प्राप्त गरेकी छन्। बमले सिंहलाई ४ हजार ५३८ मतान्तरले पराजित गरेका हुन्।