शनीबार देखि आईतबार राती सम्मको मौसम अवस्था

शनीबार देखि आईतबार राती सम्मको मौसम अवस्था

धनगढी । हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल प्रदेश १ तथा देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली  रही  बाँकी  भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र  अन्य प्रदेशहरुका थोरै स्थानमा  मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

दिउँसो देशभर आंशिक देखि  सामान्य बदली  रहनेछ।  प्रदेशका पहाडी भूभागका केही स्थानमा  मेघ गर्जन र चट्याङ्ग  सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेश केही  स्थानहरु र बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ।

राती देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही  देशका  बाँकी  भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङ्ग र सहित हल्का वर्षाको सम्भावना रहेको छ।