धनगढीबाट अछाम जाँदै गरेको बस सेती नदी किनारमा खस्दा , १६ जना घाइते

धनगढीबाट अछाम जाँदै गरेको बस सेती नदी किनारमा खस्दा , १६ जना घाइते

धनगढी । धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार शनिबार बिहान जिल्लाको शिखर नगरपालिका १ गेरुपानी भन्ने स्थानमा ना५ख ९६६३ नम्बरको बस दुर्घटना भएको हो।
 
दुर्घटनामा १६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बस सडकबाट ५० मिटर तल सेती नदीको किनारमा खसेको प्रहरीले बताएको छ। दुर्घटनाको कारण खुलेको छैन ।  र घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भईरहेको को प्रहरीले बताएको छ।