९० हजार मत गन्दा , बालेन स्थापित भन्दा कति मतले अगाडि ?

९० हजार मत गन्दा , बालेन स्थापित भन्दा कति मतले अगाडि ?

काठमाडौं  । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायम राखेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् । 

बालेनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याउँदै छन् ।

मेयरको दौडमा तेस्रो नम्बरमा नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकी छिन् । 

महानगरपालिकामा अहिलेसम्म ९० हजार २९२ मत गनेर सकिएको छ । यसमा बालेनले ३३ हजार २ सय ६० मत पाएका छन् । स्थापितले १७ हजार ६ सय ९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छिन् ।