महालक्ष्मी विकास बैंक लिमिटेड धनगढी ले रक्तदान कार्यक्रम आयोजना गर्ने, रगतदान गर्न सबैलाई आह्वान

महालक्ष्मी विकास बैंक लिमिटेड  धनगढी ले रक्तदान कार्यक्रम आयोजना गर्ने, रगतदान गर्न सबैलाई आह्वान

 धनगढी । महालक्ष्मी विकास बैंक लिमिटेड ले धनगढीमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । 

 महालक्ष्मी विकास बैंकले आफ्नो २८ औं वार्षिक उत्सवको अवसरमा यही जेष्ठ ७ गते शनीबार बिहान ८ बजे  रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

पछिल्लो समय धनगढीका स्वास्थ्य संस्थामा देखिएको रगत अभावलाई मध्येनजर गर्दै ,ुरक्तदान जीवनदानु भन्ने नारा सहित रक्तदान कार्यक्रम आयोजना गर्न लागेको महालक्ष्मी विकास बैंक लिमिटेड ले  जनाएको छ । 

 बैंकले यही जेष्ठ ७ गते शनीबार बिहान ८ बजे धनगढी स्थित बैंकको प्राङ्गणमा हुने रक्तदान कार्यक्रममा सहभागी भई रगत दान गर्दै जीवन दान गर्न सबैमा आग्रह समेत गरिएको छ ।