'बहिनी म मर्नु कि बाच्नु भएको छ' , मलाई एउटा मद्दत गर्नुहुन्छ ? १४ बर्षकि मेरी छोरी बेपत्ता भएकि छिन्

'बहिनी म मर्नु कि बाच्नु भएको छ' , मलाई एउटा मद्दत गर्नुहुन्छ ? १४ बर्षकि मेरी छोरी बेपत्ता भएकि छिन्

धनगढी । 'बहिनी म मर्नु कि बाच्नु भएको छ , मलाई एउटा मद्दत गर्नुहुन्छ' रु उनको म्यासेज आयो र दिपेन्द्र लाई  फोन सम्पर्क गर्दा उनले आफ्नो दुःख सुनाए ।

'बहिनी म मर्नु कि बाच्नु भएको छ , १४ बर्षकि मेरी छोरी ४ गते राती देखि घर बाट बेपत्ता भएकि छिन् । मेरो नाबालिका छोरी लाई कसैले केहि गर्यो कि भन्ने डर ले निदाएको छैन ,तपाईं को आशा छ खोज्न मद्दत गरिदिनुस् म के गरु कता जाउ दिमाग ले काम गर्न छोड्यो , छेउ बाट रुदै ति किशोरी कि आमा को आवाज पनि आईरहेको थियो बहिनी म केटि को आमा हो जसरी भए पनि सहयोग गर्नुस है' , डोटी को दिपायल घर भएका र धनगढी मा व्यावसाय गरि रहेका दिपेन्द्र पौडेले आफ्नो ब्यथा धनगढी खबर लाई सुनाएका छन् ।

डोटीको दिपायल वडा नम्बर ३ एयरर्पोट का दिपेन्द्र पौडेल को घर बाट जेठ ४ गते उनकी १४ छोरी वर्ष कि छोरी राति को ३ बजे बाट वेपत्ता भएकि छिन ।

३ दिन देखि छोरी सम्पर्क बिहिन भए पछि उनले जेठ  ५ गते जिल्ला प्रहरी कार्यालय दिपायलमा उजुरी दिएका थिए । तर २ दिन बित्दा पनि प्रहरी ले कुनै खबर नगरेको गुनासो गरेका छन् ।

छोरी को मोबाइल मा रोहन घिमिरे नाम को नम्बर बाट म्यासेज आएको र उक्त किशोर धनगढी मिलन चोक बस्ने बिमला घिमिरे का छोरा भएको उनले जिल्ला प्रहरी कार्यालय कैलाली बताए । तर प्रहरी ले तपाईं को छोरी दिपायल बाट हराएको हुँदा उतै बाट अनुसन्धान र कामकारबाही हुन्छ यता बाट केहि हुँदैन भनेर फिर्ता पठाएको दुखेसो सुनाए ।

छोरी सम्पर्क बिहिन भए पछि निकै दुखी भएका बाबुले छोरी दिया पौडेल को बारेमा थाहा पाउने वा देख्ने व्यक्ति ले  9848431884 मोबाइल नम्बर मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।